NEPALISAT-1, Satellites; Our Space In Space

S1E2- 22 June 2019

Abhas Maskey is an aerospace engineer /scientist and his current work mainly involves satellites. He is doing his PhD in Kyushu Institute of Technology, Japan, where he is BIRDS-3 satellite project manager and responsible for Nepal’s first satellite, Nepalisat-1.
https://birds3.birds-project.com/
image- birds3 cubesat

In this episode, we talk about satellites (esp. Nepal’s first Nepalisat-1) and science behind it and also speculate future scenarios regarding our space in space. 

.

soundcloud

.

apple podcast

or wherever you get your podcast from

.

Full Script

>>>>>>>>>>>>>>>>>>>>>>

Script S1E2

“Attention! Now we have successfully entered its orbit, and will gradually dropped down, to the lowest altitude, of approximately, 400km, above its surface. Please head to exhibition chamber for, panaromic view. Thank you!”

एक

दुइ

तिन

म सानो छदा चोट लागेर बेस्कन रुदा होस् या स्कूलमा कुनै कार्यक्रममा भाग लिनु अघि anxiety र nervousness ले छोपेको बेला होस्, मेरो बोजुले मेरा दुइ हात समाई १/२ गन्दै लामो सास फेर्न लाउनु हुन्थ्यो।

आज जति लामो सास फेरे पनि केहि नपुगे जस्तो, हावा मा oxygen कमि भए जस्तो, उफ,,,,

हाम्रो expedition को अन्तिम दिन, आज गरे भने गरे नत्र यो मौका मैले फेरी पौने छुइन, यतिका समय अनि मेहेनतलाई म खेर जान दिन्न, आफैले आफैलाई encourage गर्दै बिस्तारी escape module तिर अगाडी बढ्छु ।

“Hey! Are you serious?” पछाडी बाट आवाज़ आउछ। म फर्केर हेर्छु, कुसुम हतारिदै म तिर बढछिन् ।

“Please don’t do this, हेर तिमीलाई त्यहाको बारे केई थाहा छैन, एउटा रेडियो सिग्नल को भरमा you want to risk your life?”, रिस, बिन्ति अनि सायद अलि कति माया मिसिएको स्वरमा कुसुम प्रश्न गर्छिन। म केई नबोली अघि बढछु, उनि पछि पछि कराउदै आउछिन, “हेर त्यो सिग्नल पाको नि अहिले हो र? अब त्यो पठाउने हरु पनि का पुगेर के भैसके होला। त्यै माथि त्यहाँ जानलाई हाम्रो एजेन्सी को legal procedure हरु छदैछ त, मैले पैले नि भनेको, I will help you if you go through legally भनेर “

उफ… यो कुसुमको सानै देखि बाठी हुनुपर्ने बानी चै कैले गएन, म मनमनै सोच्छु ।

पछितिर फर्की वरिपरि अरु कोइ छ कि भनि हेर्छु, यो section मा उ र म बाहेक कोइ नभएको पक्का गरि म उसलाई सोध्छु, “यो भन्दा ठुलो स्वरले कराउन सक्दैनौ? सारालाई सुनाएर मेरो प्लान बर्बाद गर्ने, जेल हाल्ने बिचार छ तिम्रो?”

मेरो रिस देखेर कुसुम नरमाइलो अनुहार बनाउछिन, म अलि cool भएर भन्छु, “हेर, एजेन्सीले approve गर्ने भए म उहिले कोशिस गर्थे, मलाई थाहा छ they will never approve it । त्यहाँ को बाताबरण प्रतिकुल छ रे, हामीले सम्पर्क गर्न कुनै फाइदा छैन रे, थाहा छ? मलाई सधै अचम्म लाग्थ्यो – कसरी त्यो ठाउँ एक्कासी सुनसान भयो? कसरी एक-सा-एक हाम्रो सम्बन्ध टुट्यो? कसरी त्यो ठाउँ inaccessible, unworthy, अनि hostile भयो? तर जब मैले त्याबाट encrpypted signal पाए, I don ‘t believe this agency anymore.”

Escape module तिर अघि बढ्दै म भन्छु, ” अनि रह्यो कुरा legality को, तिमीलाई थाहा भएकै कुरा हाम्रो Agency नि कुनै दिन illegal थियो, बाकी कुरा तिमी आफै बुझ।”

“तिम्लाई थाहा छ, if you go, you may never come back, र आए पनि एजेन्सी ले तिम्लाई दुख नदि छोडदैन बुझ्यौ? ” हामी Escape module को airlock gate मा पुग्छौ, कुसुम airlock gate को password entry pad लाई छेकेर भन्छिन, “please, don’t do this “

म उसलाई बलजफ्ती हटाएर password type गर्छु,

 airlock gate खुल्छ,

उसले मेरो हात समातेर तान्छ, म उसलाई धकेलेर gate भित्र छिर्छु,

अब उ मेरो खुट्टा पक्डेर मलाई तानिराछ।

Airlock खोलेको status central navigation team मा तु-का-तु पुग्छ, पर बाट २ जना security दौडदै यता तिर आउछन।

“कुसुम, please मलाई जान देउ, I’m going to close this gate. Please!”

“Hey stop! Stop it there” security दौडदै मैले बन्द गरेको airlock gate मा आएर ठोकिन्छ।

कुसुम मेरो खुट्टा छोडेर जुरुक्क उठ्छिन, केहि बोल्दिनन्, एक्कासी मेरो गालामा एक punch गर्छिन, “This is the last time I’m coming with you.” उनी भन्छिन्। बेस्कन दुखे पनि I can’t help smiling.

Escape vehicle activate नगर्नु भन्ने एजेन्सी कमान्डर को warning आउदै गर्छ, हामी escape module लाई spaceship बाट detach गर्छौ । MD020199 escape vehicle लाई हामी orbital decay गराएर बिस्तारै निलो atmosphere  तिर तल झार्छौ।

“कुसुम, तिमी ready?” she smiles “yep, ready as ****”

एक (लत्थिक)

दुइ (नेच्छी)

तीन (सुम्सी)

चार (लिसी)

Attention! Entering planetary atmosphere, please brace yourself!

Attention! Entering planetary atmosphere, please brace yourself!


यो अंतरिक्ष हो र म सुबास थेबे लिम्बु।

यो podcast मा हामी बिज्ञान, सामाजिक सरोकारका बिसय र काल्पनिक बिज्ञान साहित्य सम्बन्धी कुरा गर्नेछौ

यसमा मुलतः हामीले बर्तमानमा परिस्थितिमा भोगिरहेका, अनुभव गरिरहेका परिदृश्य र समस्याहरुलाई speculative fiction अथवा अनुमानमा आधारित बिज्ञान साहित्यको सहयोगले भबिस्य मा यस्ता समस्याहरुले कस्तो रुप लिन्छ भनेर विचार बिमर्श गर्नेछौ।

तपाईहरुले नेपालको पहिलो भू-उपग्रह प्रक्षेपन भयो भनेर सुनिसक्नु भयो होला, कति चाख लाग्दा अनि कति सनसनी पूर्ण खबर नि पढ्नु भो होला, कति अनलाइन समाचारले ‘like’ बढाउन भने कति नेताले राजनीतिक स्वार्थ को लागि तथ्य भन्दा परका दावी पनि गरे होलान।

गत अप्रिल १६ तारिक नेपाली नया बर्ष ताका Cygnus यानमा अमेरिकाको Wallops Island, Virginia बाट Antares रकेटमा पहिलो नेपाली भू-उपग्रह प्रक्षेपन गरियो। करिब ३४०० किलोग्राम भार बोकेर International Space Station को लागि उडेको यो यानमा, नेपाली भू- उपग्रह सयौ मध्ये एउटा सानो उपकरण हो। जापान को Kyushu Institute of Technology को BIRDS satellite project अन्तर्गत, NAST, Nepal Academy of Science and technology को संलग्नतामा नेपाल सरकारको लगानी मा यो भू-उपग्रह कर्यक्रम गरिएको हो। जापानले यस BIRDS satellite प्रोजेक्ट मा बिशेषत अन्तरिक्षमा पहुँच नभएका राष्ट्रहरुलाई satellite project मा संलग्न गराउन पहल गर्छ। यसपाली को BIRDS 3 प्रोजेक्टमा नेपाल, भुटान, श्रीलंका अनि जापान सम्मिलित छ, जसमा नेपाल र भुटान को यो पहिलो भू उपग्रह हो। नेपालको तर्फ बाट बैज्ञानिक द्वय आभास मास्के र हरिराम श्रेष्ठ हुनुहुन्छ भने, आभास मास्के नेपाल को पर्तिनिधित्व संगसंगै, यो BIRDS 3 कै project manager पनि  हुनुहुन्छ। आजको कार्यक्रममा हामीसंग आभास मास्के हुनुहुन्छ र हामी आज भू-उपग्रह, यस पछाडिको बिज्ञान अनि प्रबिधि र बिशेष गरी neaplisat-1 सम्बन्धि कुरा गर्नेछौ।

मेरो नाम आभास मास्के, अहिले म PhD गर्दै छु Kyushu Institute of Technology, Japan मा, मेरो अहिले पढाई चै aerospace engineering मा specifically satellite मा गर्दैछु।

मेरो पढाई चै aerospace engineering भएता पनि, कस्तो हुन्छ भने aerospace engineering मा चै दुइटा भाग छ, एउटा astronautics र एउटा चै aeronautics ।

Aeronautics चै air breathing engines हरुकोमा पर्ने भयो, astronautics चै तपाइको spaceships हरु, rockets हरु, anything to do with space चै तपाइको astronautics मा पर्ने भयो।

नेपाल को पहिले भू-उपग्रहको निर्माण अनि प्रक्षेपनमा संलग्न मात्र नभई सबै तीन राष्ट्रको अगुवाई गर्दा तपाइलाई कस्तो अनुभव भीरको छ?

Its very surreal है, मैले कस्तो भो भने, मैले कैले पनि सोच्या थिन कि, Kyutech मा apply गर्दा खेरि नेपालको पहिलो satellite बनाउछु, त्यो पनि सोच्या थिन कि मैले lead आफै गरेर यो project लाई lead गर्छु भनेर, अब एक किसिम ले खुशी पनि लागेको छ किन भने project management को सिक्नु पनि पाए तर एक किसिम ले अफ्ठ्यारो, आफ्नै किसिमको अफ्ठ्यारो पनि छ, किन भने तपाइको आफ्नो subsystem design, मात्रै पनि, हेर्नु पर्यो, त्यसपछि सब्बै यो project team लाई पनि manage गर्नु पर्यो, timeline पनि हेर्नु पर्यो अनि सबै responsibilities पनि हेर्नु पर्यो । एक किसिमले there were many times कि एकदम difficult भएर पनि जान्थ्यो, तर कस्तो भने, एउटा problem, नया problem आयो त्यल्लाई solve गर्यो अर्को नया problem आयो त्यल्लाई solve गर्यो, त्यो गर्दा गर्दा खेरि चै confidence बढ्दै जाने रैछ र I am very very happy पनि, हैन, आफ्नो personal growth पनि देखे मैले तर सबैभन्दा testing कुरा अब आउदैछ क्या, अब म त खुसि भए कि यो project चै चल्यो भनेर तर satellite चल्दिएन भने, Its end of the game के, त्यसैले एक त म Im very happy तर Im very cautiously optimistic अनि अलिकति cautiously pessimistic पनि छु किन भने satellite चल्दिएन भने worst case के हो त, भन्ने हाम्ले अगाढी, त्यसरी नै सोची पनि सक्यो र अब main कुरा चै यो satellite चल्दिनु पर्यो । यो satellite चल्दियो भने Its a domino effect क्या, अब हाम्ले future म गर्न खोजेको idea हरु implement गर्न सजिलो हुन्छ, ‘हेर्नुस हामीले त satellite बनायौ अब चै यो funding ल्यानु पर्यो यसको लागि, यसको लागि चै हाम्रो यस्तो छ, हाम्रो vision यस्तो छ’ भनेर मान्छेहरु ले पत्याउछ पनि। तर तपाइको satellite चल्दिएन भने पत्याउने अवस्था आउदैन र मलाई काम गर्न चै अफ्ठ्यारो हुन्छ त्यल्ले गर्दा खेरि चै पहिला यो satellite चलोस्, operation phase म जावोस, त्यसपछि चै राम्रै planning गर्न सक्छौ भन्ने चै मेरो विचार छ ।

नेपालको पहिलो भू-उपग्रह nepalisat-1 एउटा cubesat हो, तर यस बारे कुरा गर्नु अघि यो cubesat भनेको के भनेर कुरा सुरु गर्दा ठिक होला

CUBESAT

अब यो cubesat के हो त भनेर question सोद्धा खेरि, खासमा standard मात्रै हो क्या। कस्तो भैदियो भन्दा खेरि, rocket मा हाल्दा खेरि satellite को sizes हरु matters के, किन भने तपाइको त्यै अनुसारको satellite चै कहाँ राख्ने rocket मा भन्ने हुन्छ। अनि समस्या के पर्दियो भने हरेक university ले आ-आफ्नो तरिकाको satellite हरु बनाउने भयो, एउटा स्तान्दर्द भैदियेना क्या। अब standard हुनेबित्तिकै के सजिलो हुन्छ भने rocket मा चै राख्न सजिलो हुन्छ क्या, तपाइको ठाउँहरु निकाल्न सजिलो हुन्छ, volume constraint भयो भने volume अनुसार सजिलो हुन्छ। अब कसैले चै rectangular बनाउला, कसैले चै square बनाउला, कसैले के बनाउला, so त्यो नहोस भनेर cubesat standard अगाढी बढाको हो। यो चै सुरुमा कसले ल्यायो भन्दा खेरि प्रोफेसर Jordi Puig-Suari, वहा चै Cal Poly को हुनुहुन्छ, हुनु हुन्थ्यो, अब वहा अहिले retire हुनु भो, त्यसपछि प्रोफेस्सोर Bob Twiggs, Stanford को, दुइ जना ले चै यो १९९९ मा cubesat भन्ने standard लिएर आउनुभो।

अब यो cubesat के हो त? cube र satellite को mixture भयो के। cube भन्दा खेरि 10x10x10 cm को, र १ किलो, 1.33 किलोग्रम्स हो खास standard मा लेखेको, तर roughly १ किलोको size मा हुन्छ त्यो, अनि त्यल्लाई चै one unit satellite भन्छ क्या, 1U भन्छ । अब तपाइले ठुलो बनाउदा खेरि कसरि बनाउने त भनेर सोच्दा खेरि चै त्यल्लाई नै multiply गर्दै जाने हो क्या।

अब त्यो launch गरेर के गर्छ भने पैले चै International space station पुग्छ, International space station मा कार्गो भएर जान्छ अनि International space स्टेशन बाट astronauts हरुले literally हाम्रो satellite लाई बोकेर चै release, एउटा release pod छ Kibo pod भन्ने छ, त्यहाँ बाट चै release गर्ने वाला छ ।

मानब निर्मित भू उपग्रह ले काम गर्नु अघि केहि जटिल समस्याहरु पार गर्नु पर्ने हुन्छ, जस्तो कि प्रक्षेपन गर्दा को कम्पन देखि लिएर अन्तरिक्षमा हुने अत्यन्त कठोर परिस्थिति को सामना। अन्तरिक्ष solar अनि cosmic radiation ले भरिपुर्ण छ, संयोगले पृथ्वीको electromagnetic field ले यी radiation हरु लाई रोक्ने अनि आफ्नो magnetic आकारमा कैद गरेर राखेको हुन्छ, जसलाई van Allen belt भनेर नि चिनिन्छ। यसले हाम्रो बायुमण्डललाई जोगाएर पृथ्वीमा हाम्रो अस्तित्व लाई बचाएको छ, नत्र यहाँ को बाताबरण मंगल ग्रहको भन्दा कुनै फरक हुदैन थियो। तर हामी जति जति माथि जान्छौ पृथ्वीको electromagnetic field कम्जोर हुदै जान्छ अनि radiation को खतरा उति उति बढ्दै जान्छ।

हामीले चै के गर्छ भने first मा चै radiation को कुरा आयो, radiation मा चै van Allen belt भन्ने छ क्या, unfortunately हामीले low earth orbit मा हामीले पठाउदा खेरि त्यो belt बाट जाने रैछ, radiation हरुमा, अनि त्यागर्दा खेरि चै high intensity को radiation हरु satellite ले लिने भयो। त्यसमा चै single events हरु हुन सक्ने अवस्था सक्छ, single event upsets भन्छ यल्लाई, SEU । त्यसमा चै तपाइको satellite मा अब reset हुने आफै radiation ले गर्दा खेरि, अनि satellite को क्यामरामा त्यो pixel हरु damage हुदै जाने, त्यो देखिन्छ, तर त्यस्तो सतेल्लिते लाई चै लोङ्ग टर्म मा असर हुने, जस्तो कि, २/३/४ वर्षा मा असर चै हुन्छ, तर satellite  आफैको life time short हुने भएकोले radiation चै त्यति हामीले we don ‘t have to worry too much भनौ न एक किसिमले।

Radiation अथवा विकिरणले भू-उपग्रहलाई कसरि असर गर्छ भनेर त थाहा पायौ तर यसको लागि अन्तरिक्ष नगई यहाँ पृथ्वीमा कसरि परिक्षन गर्ने?

radiation को test हरु कसरि गर्छ भने हाम्ले, full system मा radiation test चै गर्दैनौ subsystem level को radiation test चै गरेको हुन्छ, जस्तो कि processor लाई radiation environment मा राखेर त्यलाई total ionising dose भन्ने हुन्छ, जति dose त्यले २ बर्षमा पाउनु पर्ने हो radiation dose त्यो हाम्ले एकै चोटी दिन्छौ, र एकै चोटी दिएपछि चै त्यले काम गर्छ कि गर्दैन भन्ने हाम्ले चेकक गर्छौ।

Number २ मा चै लोङ्ग रंगे टेस्ट भन्छ, यो चै कस्तो हो भने एउटा मोउन्तैन को माथि गएर चै हाम्ले सिग्नल चै सतेल्लिते लाई राख्छौ र ग्रोउन्द स्टेशन बाट सिग्नल पठाएर सतेल्लिते ले रेस्पोंद गर्छ कि गर्दैन भनेर हामीले चेकक गर्छौ।

अब के भईदिन्छ भने space मा चै temperature differenece sunlit area र non -sunlit area मा एकदम vast छ क्या, अनि त्यो वास्त temparature difference ले गर्दा खेरि चै के भईदिन्छ भने, satellite ले त्यो temperature difference मा काम गर्न सक्छ कि सक्दैन भनेर check गर्नु पर्ने हुन्छ र vacuum environment पनि हुनु पर्यो र thermal environment पनि हुनु पर्यो अनि हनीले चै एउटा chamber बनाको छौ यहाँ, त्यल्लाई चै thermal vacuum chamber भन्छ र हामीले चै certain cycles, तातो-चिसो तातो-चिसो गरेर हामीले ४ दिन ५ दिन सम्म हामीले vacuum environment मा हामीले check गर्छौ satellite लाई। nepalisat -१ पनि त्यसरी नै test गरेको हो हामीले, र हामीले समस्या चै देखेनौ हाम्रो देसिग्न मा।

रकेटमा तपाइको राख्दा खेरि के भैदिंचा भने, रकेट को जुन चै vibration छ, अब तपाइको अहिले हाम्ले use गरिराको चै सब्बै ऐले यो propulsion system भनु न, liquid र solid propulsion system चै very noisy क्या,,,,

जस्तै यो space X को Falcon heavy को आवाज,

अथवा अहिले सम्मकै शक्तिशाली रकेट इन्जिन Saturn V,

ध्वनि या आवाज उर्जाको एउटा रुप हो, शक्तिशालि अवाजले हाम्रो कानको जाली मात्र होइन झ्यालको सिसा, अनि पर्खाल पनि भत्काउन सक्छ। रकेट प्रक्षेपन हुदा इन्जिनबाट उत्पन्न हुने आवाजले रकेट र वरिपरि का संरचना बिगार्न भत्काउन  सक्छ, यो गड्गडाहट लाई कम गर्न हाम्रो पृथ्वीमा प्रसस्त पाईने पदार्थ प्रयोग गरिन्छ। – पानी!

यदि तपाइले रकेट प्रक्षेपनको video नियालेर हेर्नु भो भने, इन्जिन सुरु हुनु केहि सेकेन्ड अघि प्रक्षेपन पेड बाट पानि का फोहोरा हरु निस्केको देख्नु सक्नुहुन्छ। मूलतः जब इन्जिन बाट अत्याधिक आवाज अनि shock wave निस्कन्छ, त्यो ध्वनि उर्जा भुइमा ठोकेर इन्जिन र रकेट स्वयम्लाई क्षति पुर्याउनु को सट्टा पानीको फोहोरामा धेरै खपत हुन्छ। Sound suppression system भनिने यो प्रबिधि मा ४१ सेकेन्डमा 1,100,000-लिटर पानी फालिन्छ जसले आवाजकम गर्नु को साथै नजिकका संरचनालाई आगजनी बाट सम्रक्षन पनि गर्छ। प्रक्षेपन स्थलमा देखिने बिशाल धुवाको मुस्लो धुवा नभई मुलतः पानीको तातो बाफ या बादल हुन्। यसबारे हामीले एपिसोडको वेब साइटमा video लिंक राखेका छौ, समय मिले हेर्नु होला।

हो यो vibration ले चै satellite लाई असर पर्न सक्ने हुन्छ क्या, जस्तो कि, components हरु खस्न सक्छ, तपाइको, screws हरु loose हुन सक्छ, तपाइको structure मा असर परेको हुन सक्छ, structure मा अलिकति change भयो भने त्यो जुन चै आकारमा राखेको हो, त्यो आकार भन्दा अलिकति फरक हुने बित्तिकै त्यल्ले अरु समस्या आउन सक्छ, PCB मा strain हुने भयो। हो यो चै हाम्ले vibration shaker जस्तो हुन्छ, त्यसमा राख्छौ हाम्ले, X, Y, Z मा हाम्ले vibrate गर्छौ, त्यो profile चै हाम्लाई कम्पनीले देको हुन्छ, launcher कम्पनीले, त्यो profile अनुसार हामीले vibrate गरेर ‘ल satellite चै चल्ने रैछ’ भनेर हाम्ले थाहा पाए पछि चै, अनि thats, त्यो चै हाम्ले अगाढी बढाउछौ ।

NEPALISAT-1

अब कुरो आयो नेपलिसत-१ ले के गर्छ? र यसको उद्देश्य के हो?

नेपालको पहिलो भू-उपग्रह भएको कारणले यसको बारे मिडियामा निकै चर्चा भयो, प्रधानमन्त्रीज्युले यो कुरालाई राजनीतिक स्वार्थको रुपमा नि प्रयोग गर्नु भयो, हाम्रो संचार माध्यमको हबिगत त यहाँहरु सबैलाई थाहा भएकै कुरा हो, चाइने नचाहिने समाचार नि छापिए, आभास जी स्वयम्ले आफ्नो ब्लग मा स्पस्टिकरण दिदै कति कुरा सच्यानु समेत भएको छ।

कुरै कुरामा, आभास मास्के ज्यु बैज्ञानिक संग संगै एउटा राम्रो blogger नि हुनु हुन्छ। आभासजीले आफ्नो blog मा उल्लेख गर्नु भए अनुसार, पढ्नमा रुचि भएकी एउटी कसैलाई impress गर्न blogging सुरु गर्नु भाको रे, पछि गएर एउटी लाई छोडी blogging तिरै बढी रमाउनु भयो भनेर भन्नु हुन्छ।

हजुर, सुरुमा चै impress गर्न लाई लेखेको पछि चै लेख्ने रमाइलो लाग्न थाल्यो, अनि Its very therapeutic पनि, मलाई जस्तो कि stress परेको अवस्थामा चै म लेख्छु, अनि Its helping a lot actually अनि ब्लग कस्तो भैदियो भने, लेख्छु तर i dont expect people to read it क्या । आफुलाई गर्ने, लेखेको भएकोले, Its already enough अनि Its a bonus if people read it हैन। त्यसमाथि मेरो दुइटा ब्लग अहिले भकोले, specifically space को कुराहरु चै त्यो आर्को मा dot space मा लेख्छु, अनि मेरो आफ्नो personal कुरा हरु चै dot com मा लेख्छु।

वहाको बिज्ञान सम्बन्धि ब्लग www.madeinepal.space मा र अर्को व्यक्तिगत ब्लग www.madeinepal.com मा पढ्न सक्नुहुनेछ। madeinepal मा single n मात्र है। Highly recommended, अवस्य पढ्नु होला!

ल अब फेरी बाटो नबिराई nepalisat-1 तिर लागौ-

नेपलिसत-१ ले क गर्छ भनेर कुरा गर्दा, हामीले अघि उल्लेख गरेको यसको बनावट अनि आकारलाई सम्झिनु पर्ने हुन्छ। भू-उपग्रहको कुरा गर्दा, हाम्रो दिमागमा Hubble र International Space Station को चित्र आउछ, आकारको दाजो गर्ने हो भने International Space Station एउटा फूटबल मैदान जत्रो छ भने नेपलिसत-१ एउटा फूटबल भन्दा दुइ गुणा सानो। cubesat को SWAP requirement, size, weight, and power अघि आभास जी ले भन्नु भा जस्तै 10x10x10 cm अनि करिब १ किलो वजनमा सिमित हुन्छ भने यसको solar panel ले उत्पादन गर्ने उर्जा १ वाट। यो सानो आकारमा के के संयन्त्र राख्ने र यो १ वाट को सानो उर्जा लाई के काम मा खपत गर्ने भनि सोचेर योजना गर्नु पर्ने हुन्छ। सानो या ठुलो जे भए नि भू-उपग्रह को मुख्य उपयोग भनेको डाटा संकलन गरेर पृथ्वीमा पठाउनु हो। आभास भन्नु हुन्छ, यसले तथ्यांक संकलन गरे पनि अहिले को लागि यसको मुख्य उद्देश्य भनेको टेक्नोलोजी प्रदर्शन गर्नु हो, अर्थात, यसको क्षमता को जाच गर्नु हो। यो technology demonstration मा remote sensing, attitude control या pointing and stabilisation, communication अनि design application पर्छन।

ल future मा चै हाम्ले remote sensing गर्ने भन्यौ रे, future मा चै earth को फोटो खिचेर चै, तपाइको, अब जस्तो कि Flood हरु detection, अब snow detection, तपाइको GLOF Glacial lake Outburst Flood को lake हरु बढीराछ कि कम भैराछ भनेर study गर्ने, temporal data हेरेर, अब त्यो गर्न को लागि चै के गर्न पर्यो भने  पैला चै, त्यो technology पुग्नलाई पैला त फोटो खिचेर देखाउनु पर्यो नि, फोटो खिचेर हाम्ले download गरेर देखाउनु पर्यो नि। त्यसको लागि चै हाम्ले के गर्यौ भने एउटा क्यामरा राखेको छ। future मा गएर हाम्ले remote sensing गर्छौ, तर ऐले चै technology demonstrate गर्न लाई फोटो खिचेर चै पैला first step है, भनेर चै देखाउने वाला हो।

 अब 1U satellite मा चै तपाइको limitation के छ भने volume requirements छ के। जति लामो लेन्स भयो त्यति बढी focal length हुने भकोले तपाइको कस्तो भैदिन्छ भने, बढी higher resolution को image लिन सक्ने भो।  तर यो १ऊ को cubesat मा fit गर्नु पर्दा खेरि चै अलिकति सानो नै हाम्ले rough इमागे पौने वाला छौ, अब त्यो चै first step भो, future मा हाम्ले 3U को सतेल्लिते बनायौ भने चै obviously we will get better results ।

नेपलिसत-१ ले देखाउन लागेको अर्को proof of concept यो remote sensing को data लिने process संगै जोडिएको छ। अन्तरिक्ष मा घर्षण अथवा drag एकदमै कम हुन्छ, त्यसैले उपकरण हरु नियंत्रण नगरे कुनै बाधा बिना घुमिराख्छन, त्यसैले क्यामरा बाट फोटो खिच्न को लागि पहिले चुबेसत लाई स्थिर बनाउने अनि दिशा निर्देश गर्नु पर्ने हुन्छ।

अब pointing गर्न लाई stabilisation चै पहिलो step भयो क्या तपाइको, stabilisation कसरि गर्ने त भनेर technology demontration अहिले देखाउदै छौ। हाम्ले एउटा MTQ भन्छ, magnetic torquer, त्यल्ले चै आफ्नै magnetic field create गर्छ satellite भित्र अनि त्यो satellite को magnetic field ले चै earth को magnetic field संग react गर्छ र त्यै अनुसार satellite slow down हुन्छ, आफ्नो angular velocity ।

त्यस्तै यसले communication मा, थोरै उर्जा प्रयोग गर्ने LoRa अर्थात् Long Range module को technology demonstration गर्नेछ,

LoRa ले चै के गर्छ भने तपाइको store and forward mission, future मा है यो फेरी अब, future मा चै के हुन सक्छ भने, तपाइको sensors terminal हरु नेपाल भरि हुन सक्छ हो, sensor ले चै के देख्छ भने soil को moisture content, अथवा water को level, जे पनि हुन सक्छ, water को level छ भने GLOF को लागि early detection system हरु पनि बनाउन सकिन्छ, तपाइको Flood को लागि early detection सिस्टम हरु पनि बनाउन सकिन्छ, अब त्यो sensor ले के गर्छ भने, LoRa module राखेको हुन्छ त्या। त्यो communication चै satellite मा जान्छ, त्यो satellite ले चै त्यो information store गरेर NAST Nepal Academy of Science and technology, अथवा तपाइको कुनै पानी ground Station मा चै data download गर्ने सक्ने अवस्था म चै देख्छु है future मा। त्यो module लाई राखेर कुनै पनि RF त्याबाट transmit चै गर्दैनौ तर त्यो मोदुले, electronics आफैमा चल्छ कि चल्दैन भनेर चै देखाउदैछौ।

आभास भन्नु हुन्छ, नेपालले हाल उत्पादन गर्ने क्षमता नराखे पनि, भबिष्यमा यसले हामीलाई PCB देसिग्न अर्थात् printed circuit board design मा केहि गर्न सक्ने सम्भावना प्रदान गर्छ, जुन हाम्रो लागि धेरै महत्वपुर्ण हुन सक्छ।

त्यो किन important छ भने, एक त हामीले products हरु बनाउन सक्ने भयो के, commercial products हरु, commercial products बनाउन को लागि के गर्नु पर्यो भने पैला त सिक्नु पर्यो नि कसरि बनाउने भनेर। हाम्ले चै अहिले PCB देसिग्न हरु हाम्रो जुन चै बनाईराको छौ, त्यो चै हाम्ले future मा commercial product बनाउने भनेर नै हाम्ले बनाई राको छौ क्या। अनि त्यो PCB हरु जसरि हाम्ले design गर्यौ, त्यो design गरे पछि चै अब हाम्ले यहाँ design गर्यो, त्यलाई manufacture गर्न दिन्छौ, manufacture गरेपछि Space मा जाने भो, Space गएर त्यो चल्छ  है भनेर थाहा पौने बित्तिकै, we have confidence kya हामीले commercial product बनाउन सक्छौ भनेर।

COST

PCB design को व्यवसायिक कुरा गरिरहदा, अन्तरिक्ष सम्बन्धि हुने खर्च अनि लगानी को नि कुरा आउछ। अन्तरिक्ष अनि बिज्ञान अनुसन्धानबाट हुने अनपेक्षित लाभहरु ले हाम्रो दैनिक जीवनमा सकारात्मक असर गरिरहेका छन् भन्ने बिषयमा कुनै दुइ मत छैन, तपाइको gps system होस्, या तपाइको camera भित्रको CMOS image sensor होस्, laser सम्बधि कुनै उपकरण होस्, या अस्पतालमा प्रयोग हुने MRI machine होस्, यी सबै कुराहरु बिज्ञान अनुसन्धानका क्रमबाट निक्लिएका अन्वेषणहरु हुन्। बिज्ञान अनुसन्धानमा धेरै पुजी लागे पनि यसले दिने फाइदा धेरै हुन्छन, अनि अन्तरिक्ष सम्बन्धि हुने खर्चमा बिशेष गरि एउटा कुराले धेरै असर गरिरहेको अवस्था छ –  अहिले को rocket system

UK बाट japan आउदा खेरि तपाइले ticket किन्नु भो रे plane को, अब तपाई payload भयो रे त्यो plane को, तर सोच्नुस कि plane यहाँ land भए पछि त्यो plane लाई सबै dismantle गरेर फेरी बनाउनु पर्ने अवस्था आयो रे। तपाइको ticket को price चै एकदम महँगो हुने भयोन्त, अहिले को rocket technology त्यस्तो छ क्या, reusability छैन, अहिले Space X ले गर्नु खोजि राखेको नि त्यै हो, तिनीहरुको first stage लण्ड गरेर reusable भनेर देखाईराछ, तर कस्तो पनि समस्या छ भने, तपाइको aeroplane चै अब 100 /200 times 300 /400 times, तपाइको, अब, कति चोटी उडीराको हुन्छ, त्यै अनुसार तपाइको price पनि घट्दै जाने भो क्या । ऐले को reusable rockets भनेको 10 times होला, त्यसपछि फेरी नया बनाउनु पर्ने हुन्छ।

१ किलो को लागि ५० देखि १ लाख डलर जति लाग्ने देखिन्छ अहिले, त्यो पनि ५० हजारमा पाउनु भनेको एकदम सस्तोमा पाउनु हो। हाम्रो अहिले nepalisat-1 लाई नेपाल सरकारले जति खर्च गरेको छ, साढे १ करोड खर्च गरेको हो, त्यो ५० हजार डलर भनौ न, ५० लाख लौंच मा खर्च हुन्छ १ किलो लाई पठाउनलाई, ५० लाख तपाइको testing र development मा हुने भयो, र तपाइको त्यसरी चै हाम्ले price breakdown गरेर चै NAST लाई पनि देको, र NAST र सरकार मिलेर चै यो पैसा हाम्लाई यसरि nepalisat-1 को लागि दिएको थियो।

ORBITAL DECAY

यो एपिसोड रेकर्ड गर्दाको समयसम्म नेपलिसत-१ ISS मा नै छ, अब chitta त्यहाँ बाट प्रक्षेपन गरी आफ्नो ओर्बित मा पृथ्वी लाई परिक्रमा गर्न थाल्नेछ, त्यसपछि अघि कुरा गरेका technology demonstration हरु क्रमैसंग गरिनेछ। भू-उपग्रह ले कसरी काम गर्छ भन्दा हामीले यसको लागि orbital mechanics बारे सानो कुरा गर्नु पर्ने हुन्छ।

एकदमै द्रुत गति या भनौ प्रकाशको गति नजिकमा यात्रा गर्ने तत्व र एकदमै सानो परमाणु विज्ञानको हकमा बाहेक, Newton को गति र गुरुत्वाकर्षण सम्बन्धि सिद्धांत अहिले पनि उतिकै सार्थक अनि उपयोगी छन्।  पृथ्वीलाई परिक्रमा गर्ने orbital mechanics पनि Newton कै Laws of Motion and Universal Gravitation मा आधारित छ। कुनै पनि उपग्रहको परिक्रमालाई पृथ्वीको गुरुत्वाकर्षण र उपग्रहको गति अनि दुरी ले निर्धारण गर्छ। पृथ्वीको गुरुत्वाकर्षणले उपग्रहहरुलाई हरदम आफूतिर तानिरहेको हुने भएता पनि दुरी लम्बिदै गयो भने त्यो गुरुत्वाकर्षण बल कम भई अन्ततः अर्को ग्रह या सुर्य को गुरुत्वाकर्षण क्षेत्रमा कैद हुन पुग्छ। जनमानस एउटा गलत धारणा के छ भने, space मा gravity या गुरुत्वाकर्षण सुन्य हुन्छ, त्यसैले भारहिनता को अनुभब हुन्छ। स्मरण रहोस, अन्तरिक्षमा गुरुत्वाकर्षणले असर नगरेको कुनै ठाउँ हुन्न, International Space Station मा ९० % पृथ्वीको गुरुत्वाकर्षण हुन्छ, हामीले ISS को भिडिओहरुमा देख्ने भारहीनता गुरुत्वाकर्षणको कमी ले नभई Space Station को गति ले गर्दा हो। जसरि तपाई रोटे पिङ्गमा तल खस्दा खेरि छोटो समय को भारहिनता microgravity अनुभव गर्नु हुन्छ, Space Station मा हुने भारहिनता पनि त्यस्तै हो, फरक यति हो कि space station मा त्यो खस्ने समय निरन्तर हुन्छ।

Ok, just for thought experiment को लागि है,

कलपना गरौ कि के पी ओली ज्युलाई satellite हुन सारै इच्छा लाग्यो रे, वहाको यो इच्छालाई पुरा गर्न हाम्रो एक मात्र superhero ले सहयोग गर्नु हुने भो रे,- शंकर

शंकर दादाले ओली ज्युलाई उचालेर हुइक्याउनु भयो भने, गुरुत्वाकर्षणले ओलीज्युलाई curve line मा फेरी भुइँ तिरै पछार्ने छ। हामीलाई थाहा भएकै कुरा हो कि पृथ्वीको सतह नि curve छ अथवा गोलाकार छ। र यदि शंकर दादाले ओलीज्युलाई त्यो गतिमा हुइक्याउनु सक्नु भयो जुन गतिमा ओलीज्युको भुइँमा झर्ने curve line पृथ्वीको curve line संग मिल्छ, theoretically, ओलीज्यु भुइँलाई मिस गर्दै पृथ्वीलाई चक्कर लाउनु हुनेछ। दुर्भाग्यवश, वहालाई अनन्त काल सम्म हुइक्याउन भने सकिदैन, atmospheric drag र पृथ्वीको गुरुत्वाकर्षणले वहाको गतिलाई कम गरी अन्ततः भुइँ मै पछार्ने छ।

त्यस्तै, Space Station लाई पनि गुरुत्वाकर्षणले सधै तानी रहेको हुन्छ तर ४०० किमि उचाइमा 27,580 किमि प्रति घण्टाको गतिमा Space Station को curve line पृथ्वीको curve line संग  ठ्याक्कै मिल्ने हुदा ISS पृथ्वी तिर निरन्तर खस्ने तर सधै miss गरी परिक्रमा गर्छ। यहाँ हामीले अनुभव गर्ने जति atmospheric drag नभए पनि, थोरै drag ले ISS लाई बिस्तारै पृथ्वी तिर तान्छ, यसलाई orbital decay भनिन्छ, र यो orbital decay लाई कम गर्न ISS ले समय समयमा thruster use गरी फेरी आफ्नो उचाई लिन्छ। हाल पृथ्वीलाई परिक्रमा गरी रहेको हजारौ उपग्रहहरु यसरि नै काम गरी रहेका छन्। नेपलिसत-१ ले पनि यसरी नै पृथ्वीलाई परिक्रमा गर्ने छ।

ISS भन्दा slightly lower orbit बाट चै orbit हुने भयो के हाम्रो satellite, किन भने ISS बाटै launch हुने भएको ले तपाइको त्यै relative velocity मा launch हुनेभो, त्यै relative velocity मा move हुदा खेरि चै certain orbit मा गएर बस्छ उ । orbit मा गएर बस्ने बित्तिकै कस्तो भैदिन्छ भने, ९० minute कै ISS orbit मै बस्छ, त्यो orbit मा बस्दा खेरि तपाइले भने जस्तै orbital decay को अवस्था आउन सक्छ, हो, त्यसैले पानी हामीले के भनेको हो भने हाम्रो satellite को आयु चै लामो छैन भनेर भन्नु को कारण त्यै हो। हाम्रो satellite को आयु maximum तपाइले हेर्दा खेरि दुइ बर्ष होला। operation phase गर्दा खेरि तपाई को ३ महिना देखि ६ महिनाको operation मात्रै हुने हो, त्यसपछि ६ महिना पछि पनि चल्दैछ भने त्यो चै bonus operation जस्तो भैदियो। कारण चै के भने एक त तपाइको propulsion system पनि छैन, orbit maintain गर्न सक्ने भएन, तर त्यो decay हुदा हुदै के भैदिन्छ भने, तपाइको १८० किमि को orbit मा पुग्ने बित्तिकै rapid decline हुन्छ क्या तपाइको, र rapid re-entry हुन्छ, re-entry भएपछि चै तपाइको burn हुन्छ। burn भए पछि चै हाम्रो satellite को end of life  भो।

ORBITAL DEBRIS

नेपलिसत-१ त रे-इन्ट्री ब्भेर बयुमंडल मा जलेर खरानी भई सिधिन्छ, तर के सबै सतेल्लिते हरु को अन्त यसरी नै हुन्छ त? भए त धेरै राम्रो हुन्थ्यो, तर काम नलाग्ने सबै उपग्रह यसरी फकिदैनन। United Nations Office for Outer Space Affairs (UNOOSA) को अनुसार सन् १९५७ मा sputnik को सुरुवात देखि यो एपिसोड रेकर्ड गर्दा सम्म 8545 satellite प्रक्षेपन भाको र हाल करिब 5102 ले पृथ्वी परिक्रमा गरेको रहेको छ।[i] जलबायु परिबर्तन, धुवा-धुलो प्रदुषण, सगरमाथा मा फोहोर मैलो को भारी, समुद्रमा प्लास्टिक आदि जस्ता मानबिय हर्कतले हुने समस्या दिनहु बढ्दै गएको अवस्था छ। मानबिय हर्कत को निशान अन्तरिक्ष मा पनि अब समस्या को रुप मा परिबर्तन हुने जोखिम बढ्दै छ। NASA को अनुसार पृथ्वीको orbit मा हाल, १० सेमी भन्दा ठुलो २३,००० वटा काम नलग्ने बस्तुहरु छन्, भने १० सेमी भन्दा सानो टुक्रा हरु ५००,००० को संख्या मा छन्।[ii] र यी बस्तु हरु औसतमा १७००० किमि प्रति घण्टा को गतिमा यात्रा गर्ने हुदा सानो टुक्रा ले पानी satellite र Space Station लाई ठुलो क्षति गर्न सक्छ। सन् २००९ को पहिलो पल्ट ठुलो दुर्घटनामा, काम नलाग्ने रुसी उपग्रह Kosmos 2251 अमेरिकी उपग्रह Iridium 33 संग ठक्कर खादा २००० भन्दा बढी टुक्राहरु मा परिणत भको थियो।[iii] यसको अलावा, केहि मुलुकहरुले राजनीतिक अनि space मा military technology को हैसियत देखाउने आसयले जानी जानी earth orbit मा अझ बढी space debris हरु पैदा गरेका छन्, चाइनाले २००७ मा anti -satellite missile test मा Space debris को संख्या २५ % ले बढायो।[iv] केहि महिना अघि मार्च २०१९ मा इंडियाले पनि anti-satellite missile test गर्यो, यो ३०० किमि को उचाइमा भएकोले यसले पैदा गरेका टुक्राहरु अरु भन्दा छिटै ओर्बितल देचय भई पृथ्वी मा खस्ने भए पानी, यसले अन्तरिक्ष मा हुन सक्ने अस्वस्थ्य प्रतिस्पर्धा, सैनिकीकरण, अनि गैर जिम्मेवारी पक्षलै उजागर गरेको छ। अमेरिका, रसिया, चिन पछि इंडिया यो टेस्ट गर्ने चौथो राष्ट्र भएको छ भने, अरु देशले यो गैरजिम्मेवारीपन लाई नदोहोर्यौला भन्न सकिन्न।

यो debris को समस्या अहिले एकदम कुरा निकालीराको छ क्या, यो Space debris धेरै कुरा हरु भो, cubesat हरु exponentially launch भई राछ हरेक year । Dcember २०१८ मा मात्रै तपाइको १०० वटा cubesats launch भयो, हैन, अब 2018 सम्म मैले एउटा यो statistics बनैराछु, त्यल्ले चै 954 satellites nano satellites लौंच भएछ, 2018 मा। अब 19 मा तपाइको १०० satellite launch हुने भयो । Certain cubesats हरु decay त भैसक्यो तर तिनेरु (IS) यो low earth orbit मा अझै घुमी राको पनि छ क्या, dead orbits के रे, dead satellites हरु पनि। हो त्यल्ले गर्दा अहिले के भैराछ भने strict regulations हरु आइराछ क्या, २५ बर्ष सम्म मा either de -orbit हुनु पर्ने or तपाइको graveyard orbit मा गएर राख्नु पर्ने, दुइटा condition satisfy गर्नु पर्ने हुन्छ, हाम्ले त्यो देखाऊछौ पनि, र cubesat मा त्यति समस्या चै नदेख्ने किन भने LEO मा हुने बित्तिकै तपाइको ४०० किमि को orbit मा राखेको छ भने तपाइको २/३ बर्ष मा यो पक्का पनि de -orbit हुन्छ भनेर देखाउनु चै सकिन्छ ।

हुन त Space एकदमै ठुलो छ, तर दिन प्रतिदिन सस्तो हुदै गएको satellite प्रबिधि, अनि anti-satellite missile test जस्ता गैर-जिम्मेवारी पूर्ण हर्कतले Low earth orbit मा Kessler Syndrome निम्त्याउन सक्छ भनेर आकलन पनि गरिन्छ। यस बिषयलाई लिएर हामीलाई मन पर्ने youtube channel Kurzgesagt ले मज्जाको विडियो बनाको छ, लिंक को लागि हाम्रो वेबसाइट मा जानु होला।

EMPOWERMENT, TRAINING

आभास मास्केको पोर्टफोलियो satellite प्रोजेक्ट अगुवाई गर्न मा मात्र सिमित छैन, blogging, craft beer सम्बन्धी photography, पत्रकारिता, संगै वहाले satellite सम्बन्धी ज्ञान अनि कार्यशाला पनि सुरु गर्नु भाको छ।

यो चै cansat project हो।

cansat भन्दा खेरि के त cansat? यो idea चै के छ भने, तपाइको कोकाकोला को can मा चै satellite बनाउने, तर Space मा launch नगर्ने, यो चै student हरु लाई सिक्न लाई मात्र। त्यो पानी students हरु सिक्ने भन्दा पनि तपाइको cubesat चै अब real satellite भयो, त्यो भन्दा अगाढी चै त्रैनिंग दिनु पर्यो नि अब, mechanical engineer लाई electronics आउदैन रे, चोदिंग आउदैन रे। मेरो कैसे मा त्यस्तै भाथ्यो क्या – मेरो background mechanical aerospace, specifically तपाइको अब electronics हरु नसिकेको, अब एकै चोटी satellite मा आउदा खेरि धेरै जसो कुरा हरु PCB design, electronics, coding भकोले चै गार्हो हुन्थ्यो क्या, यो transition गर्न लाई।

आभास भन्नुहुन्छ, कोरियाको Seoul National University मा अध्यन गर्दा ताका cansat प्रतियोगिता को अनुभवले, अनि जापानमा पाएको cansat leadership training ले वहाको यो transition लाई मूर्त रुप दियो। यो ज्ञान अनि दक्षतालाई नेपाली बिद्यार्थीहरुमाझ पुर्याउन नेपाल मै cansat कार्यशालाहरु सुरु गर्नु भयो।

DECENTRALISATION

तर एउटा समस्या आयो-

समस्या के भने, cansat leadership programme मा sikeko cansat को औसत खर्च १००० डलर भैदियो, जुन हाम्रो समाजको लागि धेरै महँगो हो, यो समस्यालाई हल गर्न वहाले अर्को कदम चल्नु भो

– sastosat

१००० डलर भनेको त नेपाल मा ठुलो, ठुलो पैसा भयो, त्यल्ले गर्दा खेरि चै मैले के सोचे भने, मैले १० डलरमा cansat बनाउन सक्छु कि सक्दिन, १०० डलरमा बनाउन सक्छु कि सक्दिन भन्ने challenge लिए, र त्यसरी चै sastosat को नाम आको हो क्या। सस्तो मा कसरि हामीले यो cansat बनाउन सक्छौ भनेर अगाढी बढाउदा खेरि चै, अहिले को क देखिन्छ भने, तपाइको २०१६ सालमा बनाको cansat चै तपाइको, त्यस्तै २० डलर ३० डलरको थियो, त्यसपछि २०१७ मा हाम्ले दुइटा cansat programme गर्यौ, एउटा चै high school लाई गर्यौ, एउटा चै University level त्यो चै पुल्चोक मा गरेको, पुल्चोक लाई गर्दै खेरि चै १०० डलर cansat programme थियो र त्यसपछि यो high school लाई गरेको चै १० डलर मा चै हाम्ले somehow manage गर्यौ।

हाम्रो नेपाली समाजमा आफ्नो कामलाई त परै जावोस अरुको कामलाई पनि critically हेर्ने संस्कार एकदम थोरै छ। समालोचना गर्ने अभ्यास हाम्रो प्राज्ञिक अनि गैर-प्राज्ञिक दुवै क्षेत्रमा फितलो छ भन्दा फरक नपर्ला। मैले अघि आभासजी को ब्लग उल्लेख गरेको थिए, वहा को थुप्रै लेखहरु मध्ये cansat कार्यशाला सम्बन्धी आत्मालोचना, self -criticism को हरफले मेरो ध्यान खिच्यो।

म एक लाइन पढेर सुनाउछु, “My criticism of my own CanSat programs is that these training have been elitist of sorts। It’s not democratic enough for lack of a better word। What I mean is that these programs have been highly centralized to Kathmandu Valley and neighboring Dhulikel “

शिक्षा र स्रोत-साधनको समान पहुच नहुदा हाम्रो समाज असामान् छ, यो criticism ले यो एउटा कार्यशालाको  मात्र नभई हाम्रो समाजको ऐतिहासिक असमानता लाई समेत सम्बोधन गरेको छ।

हो हाम्ले पानी त्यसरी नै सोचिराको, मेरो आफ्नै programme कस्तो भैदियो भने, एकदम centred भयो, काठमाडौँमा, IoE मा, वृहस्पतिमा, अब जो जो संग पैसा छ तिनेरुले चै त्यो स्कूलमा पढ्ने भयो अथवा जो जो चै राम्रो छ त्यो स्कूलमा पढ्ने भयो, र तिनीहरुले चै opportunity सबै तिनीहरुले नै पाउने भयो क्या, अब हामीले pilot  programme गर्दा खेरि वृहस्पति स्कूल मा गर्ने भयो होइन, त्यसपछि Institue of Engineering, Kathmandu University, यिनेरु त elite schools हरु भनौ न, नेपालमा एक किसिमले राम्रो पढ्ने बिद्यार्थीहरु अनि अझ पैसा पनि support भको बिद्यार्थी हरु त्यहाँ पढ्ने भयो।

अब challenge चै future मा गएर programme हरु बनाउदा कसरि चै more community based बनाउने, younger students हरुलाई involve गराउने, र बढी चै बढीमा students हरुले यो robotics, तपाइको embedded system, cansats हरुमा चै education पाउने, specially अब coding भनौ न, मैले देख्छु, अहिले चै, अहिले देखि नै young age मा coding हरु गर्न सक्छ भने I think there’s a big  future के सब्बैलाई। सो हामी कसरि चै यो गर्न सक्छौ भनेर सोचिराखे छौ तर अब obviously सरकारले, हाम्रो जैले पनि नेपालीहरुको के छ भने, ल सरकारले यति गर्दे हुन्थ्यो, यस्तो गर्दे हुन्थ्यो भन्ने छ। Obviously policies हरुले support त गरिहाल्छ तर, मैले के देख्छु भने, अब future मा चै at least, programme यसरी design हुनु पर्यो कि, its free number one, number two चै more community based, spread out हुनु पर्यो, देशभरी नै हुनु पर्यो, नुम्बेर three चै अब त्यसको लागि funding कहाँ बाट मिलाउने भन्ने कुरा भयो। अब funding कहाँ बाट मिल्छ भन्ने कुरा अर्कै छ हैन, अब मन power लाई पैला manage गर्नु पर्यो।

अब funding को जिम्मा चै धुर्मुस सुन्तली foundation लाई नै दिनु पर्छ होला, कि कसो? just joking है!

हामीलाई थाहा भएकै कुरा हो, राष्ट्रिय गौरबसंग जोडिने यस्ता ठुला आयोजनामा सरकारको हैशियत अनि इच्छा शक्ति नहुदा, व्यक्तिगत तवरबाट पुजी संकलनगरी केहि काम नभएको भने होइन।

अनुसन्धान अनि विकासलाई प्रोत्साहन अनि सहयोग गर्ने उदेश्यले ड़ा महाबिर पुनले राष्ट्रिय आबिस्कार केन्द्रको स्थापना गर्नु भएको छ। सरकारबाट उचित सहयोग नहुदा, राष्ट्रिय आबिस्कार केन्द्रले व्यक्ति, संघ संस्था, अनि बिदेशी दात्र संस्थाहरुलाई सहयोगको अपिल गरिरहेको अवस्था छ। यसरी ड़ा पुन जस्तै अघि बढिरहनु भएका visionary हरुको काम सह्रानीय छ, तर बिडम्बना को कुरा के भने, सरकारलाई कर पनि बुझाउनु अनि यस्ता ठुला आयोजनाको लागि चन्दा पनि दिनु पर्ने हो भने, राजस्व चै हामीले नेता पोस्न मात्र तिरेका हौ त भन्ने प्रश्न आउछ। या भनौ सरकारले गर्नु पर्ने आयोजना धुर्मुस सुन्तली जस्ता  foundation हरुले गर्ने हो भने सरकारको काम चै भको राजस्व पप्पु कन्स्ट्रक्सन आदि जस्तालाई उपहार दिने मात्र हो? हामीले व्यक्तिगत रुपबाट सहयोग गर्नु राम्रो कुरा हो, तर बिज्ञान, अनुसन्धान, सामाजिक संरचना जस्ता कुरामा राज्यलाई मुख्य भूमिका खेल्न दबाब दिन हाम्रो दायित्व हो।

TECHNOLOGY AND EQUALITY

यदि राष्ट्रले बिज्ञान अनि अनुसन्धान को क्षेत्रमा लगानी गर्न चुके, भविष्यमा हाम्रो जस्तो अविकसित देश सधै अविकसित अनि समस्याग्रस्त नै रहिरहने छ। अहिलेको pattern हेर्ने हो भने अन्तरिक्षमा शक्तिशाली अनि बिकशित देश र SpaceX, Blue Origins, Virgin Galactic जस्ता असाध्य धनि निजी कम्पनिहरुको बर्चस्व छ। यहि क्रममा अघि बढ्ने हो भने कालान्तरमा गएर, अन्तरिक्ष सम्बन्धि प्रबिधि, सुबिधाहरु हुने खानेले प्रयोग गर्ने अनि तल्लो वर्गकाहरु हेरेरै चित्त बुझाउनु पर्ने समय आउनेछ। Scifi फिल्म Eysium मा Neill Blomkamp ले यस्तै परिबेस को परिकल्पना गरेका छन्। आकाश माथि को spaceship मा सभ्रान्त समुदायको बस्ती हुन्छ जसले सम्भबत पृथ्वीको स्रोत साधनको भरपुर फाइदा लिएर अन्तरिक्षमा बसाई सरेका हुन्छन भने तल उजाड पृथ्वीमा गरिब समुदाय दिनहु कस्टकर जीवन बिताउछन । बिज्ञान अनि प्रबिधिले समाजलाई समान अनि न्याय संगत बनाउनु पर्ने हो, तर आजको यो पुजीबादी संरचनामा यसको पहुच सिमित राष्ट्र अनि समाजमा हुदा, यसको असर भबिष्यमा दोब्बर भएर जान सक्छ। पहुचवालाहरु प्रविधिको अधिकतम उपयोग गर्ने अनि बहुसंख्यक मानब जाति गरिब अनि झन् पिछडीदै जान सक्छन।

Ideal world मा चै सबै जना equal हुने, हैन, र तपाइको differences हरु नहुने level मा, त्यो चै idealised society भयो, तर unfortunately के भैदिन्छ भने technology advancement ले गर्दा खेरि, त्यो ideal situation भन्दा पर नै हुने देखिन्छ है, किन भन्छु भने, एक त human nature, हाम्रो nature नै कस्तो छ भने, एकजना, तपाइको society हेर्नु भो भने, societies made out of family, family मा पनि दुइजना male र female हुन्छ भने, अथवा male र male, male र female, depending on कस्तो खालको relationship हो। एक जना dominant निक्लिन्छ अर्को चै less dominant हुन्छ, त्यो family मा tyasto लेवेल भैसक्यो भने society मा obviously differences हरु, certain class ले dominate गर्ने, certain class ले dominate नगर्ने हुन्छ।

पारिवार भित्र हुने hierarchy अनि class struggle भिन्न भिन्नै कुरा हो भन्ने मान्यता राखे पनि, मैले वहालाई अन्तर्वार्ताको बेला challenge  नगेरेको हुदा वहाको, यो परिवार देखि सुर हुने dominant  and  recessive  analogy  लाई धेरै critique  गर्दिन, It  wouldn’t  be  fair है,

अनि त्यो कस्तो भैदिन्छ भने dominant class ले चै जुन चै technology advancement भैराको छ, तिनेरुको चै fruits हरु तिनेरुले लिने भो। अनि obviously यो कुरा चै धेरै science fiction हरुले लेखिसकेको पनि छ, अहिले भर्खर मैले पढेको चै, Cixin Lui, he is a Chinese author, Three Body Problem Triology भन्ने, मैले यो अहिले Death ‘s End भन्ने भर्खर यो third book मैले सक्काए ।

By the way, तपाइको मनपर्ने science fiction कुन हो भन्ने मेरो प्रश्नको उत्तरमा वहा भन्नुहुन्छ,

Three Body problem Triology, probably the best scifi book, Hands down!

ल OK फेरी, technology र equality तिरै जाऊ-

त्या चै एकदम clearly देखिन्छ क्या, future मा गएर चै जति technological advancement भए पनि, certain group of people ले चै, त्यो advancement लै चै तिनेरुले राम्ररी utilise गरेर अगाढी बढीराको होइन, अब तिनेरुको health राम्रो हुने, त्यसपछि hibernation मा जान सक्ने, हैन, future मा गएर  तिनेरुले आफ्नो, अब जस्तो कि अहिले चै अब terminal illness छ भने hibernate गरेर next century मा गएर चै improve गर्ने आफ्नो life, त्यस्तो चै गर्ने सक्ने, र poor हरुले चै पैसा तिर्न नसकेर hibernate नगर्न सक्ने, त्यस्तो अवस्थाहरु पनि आउन सक्ने चै देखिन्छ, हैन, सो अहिले, मेरो विचार मा चै के छ भने, हो ideally चै त्यस्तो class differences हरु नभएको राम्रो हुन्थ्यो तर obviously हाम्रो pattern हरु हेर्ने हो भने, अब natural selection हरु हेर्ने हो भने, र हाम्रो जसरि हामी survival of the fittest को कुरा गर्छौ, हैन, र जसरि हाम्रो यो family, नै dominant र recessive character हरु आइसक्यो भने, psychology हेर्ने हो भने, I don’t think कि in the future technology ले त्यो bridge गर्छ, I think technology ले झन् worse गर्न सक्छ भन्ने जस्तो देख्छु।

है, यी कुराहरु सम्झिदा दिक्दार लागेर आउने क्या, के हाम्रो भबिष्य यस्तै समस्याले ग्रसित भइराख्ने छ त? Elon Musk चै थाहा भएन, तर Blue Origin को CEO Jeff Bezos ले उसको amazon कम्पनीका कामदारहरु माथि गरेको ब्यबहार, अनि tax छल्ने जस्ता हर्कत देख्दा यस्तै खर्बपतिहरुले भविष्यमा अझ बढी असमानता सृजना गर्नेछ भन्ने भान हुन्छ।

तर धन्दा नमान्नुस तपाईहरुलाई म dystopian अनि निराशावादी भविष्यको मात्र परिदृश्य दिएर जाने छुइन। हुन त science fiction ले dystopian संसारको परिदृश्य देखाउनु भनेको त्यस्तो परिदृश्यहरु संग सचेत हुनु भन्ने संज्ञा गर्छ र त्यसलाई रोकथाम गर्न अभिप्रेरित गरेको भनेर पनि बुझ्न सकिन्छ । तर व्यक्तिगत रुपमा चै मलाई, open-ended narrative भएको साहित्य अनि सोच अलि बढी राम्रो लाग्छ। यथार्थलाई देखाउने मात्र होइन, त्यसको निकासको दिशा औल्याउने, अनि थप सम्बाद र सहकार्यको ठाउँ छोडेको कला-साहित्य मलाई राम्रो लाग्छ।

DAYS TO COME

अब अन्तरिक्ष र प्रबिधि कै कुरा गर्ने हो भने, हाम्रो जस्तो मुलुकले अव्यवहारिक योजनाको सपना देख्नु भन्दा बैकल्पिक बाटो अपनाउदा फाइदा हुन सक्छ। उदाहरणको लागि, अघि आभासजी भन्नु भए झैँ printed circuit board design सम्बन्धि पढाई, प्रशिक्षण अनि कार्यशालाहरुमा स्रोत साधन प्रयोग गर्न सक्छौ। अहिलेको परिबेसमा हामीले ठुला उपग्रह बनाउन नसके पनि त्यसलाई चाहिने वा त्यसमा प्रयोग हुने design या software हरुमा हाम्रो संलग्नता स्थापित गर्न असम्भव भने छैन।

यसै सन्दर्भमा मैले आभास जी लाई शोधेको थिए, यो interview सुनी राख्नु भएका कतिपय भाई बहिनि हरुलाई aerospace engineering, या space, satellite सम्बन्धि कुनै design अनि engineering क्षेत्रमा आउने इच्छा होला, वहाहरु तपाई के सुझाव सल्लाह दिनु हुन्छ?

अब भाई बहिनिहरुले चै जो जो ले future मा aerospace गर्छु भनेर सोच्यो भने चै, आफ्नो field, अब propulsion मा गर्ने हो भने propulsion मै गरिराख, तपाइको aircraft structure मा गर्ने हो भने aircraft structure मै गरिराख्नु पर्यो। अब तपाइको, तर, aircraft electronics मा गर्नु पर्यो भने aircraft electronics नै गरि राख्नु पर्यो, त्यसको लागि baseline, number one त coding सिक्नु पर्यो, code कसरी गर्ने राम्ररी भन्ने त्यो चै, thats definitely, म mechanical engineer by training हो तर coding आएन भने कामै छैन आजकल । Electronics आउनु पर्यो र third चै के भने artificial intelligence कसैले कुरा गरिराछ भने कसैले बोलि राछ भने त्यो बुझ्न सक्ने जत्तिको understanding हुनु पर्यो क्या । त्यो भाषा बोल्न सक्ने, जस्तो कि Convolutional Neural Network भनेको के हो? त्यो मैले CNN भन्दा खेरि अरुले त्यो बुझ्नु पर्यो के, ठ्याक्क। त्यस्तो खालको भाषा चै अहिले देखि नै त्यो vocabulary हरु सिक्यो भन्यो चै aerospace मा मात्र होइन जुन पनि field मा काम लाग्ने देख्छु है । अब यो चै common baseline भैसक्यो अहिले, coding, electronics र, तपाइको चै, AI । Three basic कुरा हरुलाई चै तपाइले अहिले देखि नै सिक्नु भो भने मेडिकल field मा होस् कि, तपाइको aerospace field मा होस् कि तपाइको car को field मा होस् कि, तपाइको जुन पनि field मा होस् Its useful

बिज्ञान र प्रबिधिको दृष्टिकोणबाट हेर्ने हो भने अहिले हामी एकदमै असाधारण युगमा बाचीरहेका छौ, आभास जी ले उल्लेख गर्नुभा जस्तै Artificial Intelligence, Artificial Neural Network, alterantive energy सम्बन्धि महत्वपुर्ण अनुसन्धान अनि कामहरु भैरहेका छन्। यदि दूर भविष्यमा हाम्रो जस्तो अविकसित देश अनि समाज प्रासंगिक हुने हो भने यी नया प्रबिधि अनि खोजहरुमा अहिले देखिनै जग बनाउन जरुरी हुन्छ। अब एउटा परिदृश्य नै अनुमान गरौन, ल मानौ कि, भविष्यमा मानब सभ्यताले ठुलो फड्को मार्यो रे, तर त्यसको लाभ सिमित वर्ग, पुजीबादी ठुला ब्यबसायीहरुले मात्र लिए रे, हुन त ideally त्यस्तो अवस्था आउन नदिन नै पहल गर्नु पर्छ, तर आएको खण्डमा, हामी अहिले देखि नै यसरी काम गर्नु पर्यो कि त्यस बेला हामीसंग त्यस्ता असमान संरचनासंग लड्ने क्षमता होस्, त्यस्ता शक्तिलाई बैचारिक अनि प्राबिधिक दुवै तरिका बाट सामना गर्न सकियोस।

आजको हाम्रो अन्तरिक्षको तारा, आभास मास्केज्यु लाई धेरै धेरै धन्यबाद!

आजको कार्यक्रममा सुन्नु भएको संगीत मध्ये, ……….संगीत तपाइले सुन्नु भयो। आफ्नो संगीत प्रयोग गर्न अनुमति दिनुभएकोमा वहाहरुलाई धेरै धन्यबाद। यस बाहेक सुन्नु भएको बाकि sound र music अन्तरिक्ष team को थियो।

अन्तरिक्ष भनेको स्क्रिप्ट सम्पादनमा प्रकाश सुनुवार, sound सम्पादन, design मा विश्व शाही र म producer and host सुबाश थेबे लिम्बु ।

यदि तपाइलाई यो पडकास्ट राम्रो लाग्यो भने कृपया यसलाई निरन्तरता दिनको लागि donation दिएर सहयोग गर्नु भयो भने हामी एकदम खुसी । अझ सक्नुहुन्छ Patreon मागएर महिनाको १ डलर भए पनि निरन्तर रुपले सहयोग गर्नु भए हामी अझ खुसि हुने थियौ। यसको लागि अन्तरिक्षको वेबसाइटमा या फेसबुक पेजमा जानुहोला जहाँ तपाइले यस एपिसोडको सम्पूर्ण transcript र further reading material पनि पाउनु हुनेछ। यदि आर्थिक हैसियतले सहयोग गर्ने स्थितिमा हुनु हुन्न भने पनि ठिकै छ । एस्तो कार्यक्रम मन पराउने आफ्नो परिवार, साथी भाईलाई काने खुसी गरिदिनु भयो भने पनि म एकदम खुसी हुनेछौ। नया एपिसोडको लागि थाहा पाउन social media मा like गर्न नबिर्सिनु होला।

आजको अन्तरिक्ष उडान यहि टुंग्याउछु, धन्यबाद.

Reference:

Sputnik remembered: The first race to space (part 2)

by Asif A. Siddiqi

http://www.thespacereview.com/article/3344/1

What Is Microgravity?

https://www.nasa.gov/audience/forstudents/5-8/features/nasa-knows/what-is-microgravity-58.html

Space Debris and Human Spacecraft, NASA https://www.nasa.gov/mission_pages/station/news/orbital_debris.html

End of Space – Creating a Prison for Humanity, Kurzgesagt.


[i] Online Index of Objects Launched into Outer Space, UNOOSA. http://www.unoosa.org/oosa/osoindex/search-ng.jspx?lf_id=#?c=%7B%22filters%22:%5B%5D,%22sortings%22:%5B%7B%22fieldName%22:%22object.launch.dateOfLaunch_s1%22,%22dir%22:%22desc%22%7D,%7B%22fieldName%22:%22en%23object.status.objectStatus_s1%22,%22dir%22:%22desc%22%7D%5D,%22match%22:null%7D

[ii] How much orbital debris is currently in Earth orbit? https://orbitaldebris.jsc.nasa.gov/faq/#

[iii] International Space Station Again

Dodges Debris, Orbital Debris Quarterly News

, NASA. https://web.archive.org/web/20111020092342/http://orbitaldebris.jsc.nasa.gov/newsletter/pdfs/ODQNv15i3.pdf

[iv] About Space Debris, ESA. http://www.esa.int/Our_Activities/Space_Safety/Space_Debris/About_space_debris

Leave a Reply

Your email address will not be published.